विश्व

भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १८ हजार नाघ्यो



काठमाडौँ, १० असोज । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ५२ कोरोना संक्रमित थपिसगै संक्रमितको संख्या ५८ लाख १८ हजार ५७० पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १४१ संक्रमितको मृत्यु भएको छ ।

भारतका रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पुरानै अवस्थामा सञ्चालमा छन् ।