एजेन्सी, १४ असाेज । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो ।
उपराष्ट्रपति नायडूको ट्वीटमा भनिएको छ, ‘बिहान नियमित परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यद्यपि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ ।,’ हाल उनी घरमै क्वरेन्टाइनमा रहेका छन् । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमित हुने ७१ वर्षीय नायडू बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् । यसअघि केन्द्रीय मन्त्रीहरु गृहमन्त्री अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान, गजेन्द्र सिंह शोखावतमा पनि संक्रमण पुष्टि भइसकेको छ । र, सबै जना उपचारपछि निको भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्