विश्व

भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २३ हजार नाघ्यो



काठमाडौँ, १४ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार वढी कोरोना संक्रमित थपिएसगै कुल संक्रमित संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ७८ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसको तथ्यांकमा उल्लेख छ ।

५१ लाख ८४ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ३५६ जना छन्। आठ हजार ९४४ जना गम्भीर छन् ।