समाचार

आजको मौसम



काठमाडौँ, १५ असोज । हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार  आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।