विश्व

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो



एजेन्सी, १५ असोज । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ४ हजार ४२१ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २४० संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ४२ हजार १८९ संक्रमितको पहिचान भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ४३० पुगेको छ ।