समाचार

आधा केजी सुनसहित दुईजना पक्राउ



बुटवल, १६ असोज । भारततर्फ लैजाँदै गरेको आधा केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु प्रहरीले मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पाँच सय ग्राम सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई  पक्राउ गरेको हो ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरि बरामद सुन र पक्राउ परेका दाजु–बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको छ ।