विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना



काठमाडौँ, १७ असोज । कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।

सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ ।

ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको थियो । यसअघि ट्रम्पले एक ट्वीट गरी आफूलाई र आफ्नी पत्नी मेलानियालाई  कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । अस्पताल प्रस्थान गर्नुअघि ट्रम्पले आफूहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।