विश्व

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो



काठमाडौँ, १७ असोज । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

आज बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणका कारण १ लाख ८७५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ हालसम्म कुल संक्रमितको संख्या भने ६४ लाख ७१ हजार नाघेको छ ।

शुक्रबार एकै दिन ७९ हजार ९७४ जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार ७१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ दैनिक संक्रमित हाराहारी नै दैनिक निको हुनेको संख्या रहेको छ । शुक्रबार एक दिनमा ७६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।