समाचार

४ लाख अवैध भारतीय रकमसहित एकजना पक्राउ



कपिलवस्तु, १७ असोज । कपिलवस्तुको कृष्णनगरमा अवैध ४ लाख भारतीय रकमसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल कृष्णनगरले कृष्णनगर नगरपालिका– ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा ४ लाख रकमसहित सोही नगरका ५४ वर्षीय पप्पु गुप्तालाई पक्राउ गरेको हो ।

उक्त रकम ५ सयको ४०० थान र २ हजारको १०० थान गरी भारतीय चार लाख जस्को नेपाली रकम ६ लाख ४० हजार हुन्छ । गुप्तालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।