समाचार

आईपीएलमा सट्टाबाजी गर्ने एक जना पक्राउ



कैलाली, २० असोज । धनगढीबाट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गर्ने गरेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का सञ्जिव गुप्तालाई लाखौं बढीको सट्टाबाजी गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले धनगढीमा नै आइपीएलमा खेलाडी भएमा, खेलाडीले रन बनाएमा, चौका वा छक्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा सट्टाबाजी गर्दै आएका थिए ।

प्रहरीले उनको साथबाट दुई थान मोबाइल सटेसमेत बरामद गरेको छ । जिल्ला अदालत कैलालीबाट जुवा सट्टाबाजी मुद्दामा म्यादसमेत थपिएको प्रहरीले जनाएको छ ।