काठमाडौँ, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
सचिवालय बैठक अपरान्ह ४ बजे बस्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठक रोकिएपनि प्रधानमन्त्री ओली र प्रचण्डबीच आइतबार छलफल भएको थियो । उहाँहरूबीच सोमबार पनि बालुवाटारमा छलफल भएको थियो । त्यसपछि सचिवालय बैठक बोलाइएको हो ।
आज बस्ने बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताका बाँकी काम, कोरोना लगायत विषयमा छलफल हुने बताइएको छ । आइतबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका केही सदस्यमा कोरोना देखिएपछि स्थगित गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्