समाचार

आजको मौसम



काठमाडौँ, २१ असोज । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशका एक–दुई ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ को एक दुई ठाउँमा अहिले पानी परिरहेको छ भने अरु ठाउँको मौसम खुल्दै गएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका जनाएको छ । यस्तै अरु प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ ।

यसैगरी आज राति प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने र अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।