राजनीति

वामदेव गौतमको मुद्दामा आज सुनुवाइ नहुने



काठमाडौँ, २१ असोज । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज सुनुवाइ नहुने भएको छ ।

बुधबार ९आज० मुद्दामा सुनुवाइ हुने यसअघि बसेको इजलासले तय गरेको थियो । तर कोरोनाकम कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।

गौतमको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलास आज तोकिएको छैन । कोरोना भाइरसका कारण सर्वोच्च अदालतका न्यायाधीश नै संक्रमित भएपछि त्यसको प्रभाव मुद्दाको सुनुवाइमा समेत परिरहेको छ । आज दुईवटा मात्र इजलास तोकिएका छन् ।

न्यायाधीशहरू नै आइसोलेसनमा बसेपछि दैनिक ८र९ वटा इजलास बस्‍ने गरेकामा अहिले संख्या कटौती गरिएको छ ।