काठमाडौँ, २१ असोज । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९० को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपत्यकामा कोरोना सक्रमण बढिरहेको बताए ।
उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’
दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्