काठमाडौँ, २१ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६८४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ गरी १६८४ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ३४ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्