राजनीति

धुर्मस-सुन्तली फाउण्डेशनलाई वाग्मती प्रदेश सरकारको ३ करोड सहयोग



मकवानपुर, २२ असोज । वाग्मती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ रकम सहयोग गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा एक कार्यक्रमका बीच बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्दै रङ्गशाला निर्माण तीव्र गतिमा भइरहेकोले खुसी व्यक्त गरेका छन । साथै उनले रङ्गशाला निर्माण परियोजना छिटो सक्न शुभकामना दिएका छन ।