समाचार

आजको मौसम



काठमाडौँ, २२ असोज । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर आज आंशिकदेखि सामान्य बदली भइ केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।