विश्व

भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख ३२ हजार नाघ्यो



काठमाडौँ, २२ असोज । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ८०९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ ।

क्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।