काठमाडौँ, २२ असोज । ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघेको छ ।
कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको हो ।
त्यहाँ गएको २४ घण्टामा मात्रै साढे ३१ हजारमा कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ । त्यहाँ अहिलेसम्म १ लाख ४८ हजारभन्दा धेरैको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमितको हिसाबले ब्राजिलभन्दा अघि संयुक्त राज्य अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छन् ।
अमेरिकामा अहिलेसम्म ७७ लाख ७२ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १६ हजारको ज्यान गएको छ । ४९ लाख ७४ हजार निको भएका छन् । यस्तै ६८ लाख ३२ हजारमा कोरोना पुष्टि भएको भारतमा एक लाख ५ हजारको ज्यान गएको छ ।










प्रतिक्रिया दिनुहोस्