समाचार

हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्धार



ताप्लेजुङ, २२ असोज । हेलिकप्टरद्वारा ताप्लेजुङमा एक गर्भवती महिलाको उद्धार गरिएको छ ।

आठराई त्रिवेणी गाउँपालिका-३ हाम्पाङकी सुत्केरी हुन नसकेकी ३५ वर्षीया चन्द्रकला विकको राष्ट्रपति निःशुल्क उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।

विकलाई हिजो बेलुका उद्धार गरी थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार सुत्केरी महिलामा गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनलाई उद्धार गरिएको हो ।