राजनीति

काठमाडौँ उपत्यकामा २५४० थप जनामा कोरोना पुष्टि



काठमाडौँ, २२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५४० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २०८५, भक्तपुरमा १३५  र ललितपुरमा ३२० गरी २५४० जनामा संक्रमण पुष्टि भएको हो ।

थप ४३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ ।