काठमाडौँ, २४ असोज । माछापुच्छ्रे बैंकको ग्राहकलाई होटल अकामा र होटल मुनलाईट छूट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउने छन् । बैंकका ग्राहकले उक्त छूट, बैंकको डेबिट- क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्ने छन् ।
नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।
माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्