राजनीति

काठमाडौँ उपत्यकामा थप २६७२ जनामा कोरोना पुष्टि



काठमाडौँ, २४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २६७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

थप ५ हजार ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६ सय  ८४ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  ३० हजार ८ सय १८ जना रहेको छ ।