राजनीति

काठमाडौँ उपत्यकामा थप १४१६ जनामा कोरोना पुष्टि



काठमाडौँ, २५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४१६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी  १४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २ हजार ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ७ हजार ७ सय  ७५ जना पुगेको छ ।