Banner News

थप २९४२ जनामा कोरोना संक्रमण,  २३ सय २६ जना डिस्चार्ज



काठमाडौँ,  २ कार्तिक । थप २९ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ३२ हजार २ सय ४६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १४ हजार ८ सय ७५ जनामा परिक्षण गर्दा २९ सय ४२ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या  ३९ हजार  ३ सय  ४२ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज  २३ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९२ हजार १ सय ६६ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय ३९ जना पुगेको छ ।