काठमाडौँ, २ कार्तिक । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्