Banner News

कात्तिक ७ गतेबाट क्लिड फिड लागू हुन्छः मन्त्री गुरुङ



काठमाडौँ, ३ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यही कात्तिक ७ गतेबाट क्लिड फिड लागू गरिने जानकारी पनि दिनुभएको छ । क्लिड फिडलगायत मिडिया क्षेत्रका समस्याहबारे सरकार गम्भिर रहेको बताउनुभयो ।

नेपाल मिडिया सोसाइटीस“गको एक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले क्लिन फिडलगायत मिडिया सम्बन्धि विधेयक, विज्ञापन ऐन लगायत नियमनकारी सबैखाले नीति, विधान र कार्यविधिहरुलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो । मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको निर्माणमा सरकार र मिडिया हातेमालो गरेर सँगसँगै अघि बढ्नुपर्ने तर मिडियालाई सरकारको सदैव प्रतिपक्ष हो धन्ने धारणा विकास गर्दै लानु सकारात्मक नभएको बताउनुभयो ।

पछिल्लो समय कोरोना महामारीले व्यवसायिक, औद्योगिक र आर्थिक क्षेत्रलाई तहसनहस बनाइरहेको अवस्थामा मिडिया क्षेत्रमा पनि देखा परिरहेका समस्याहरुलाई सहकार्य र सम्झौतामार्फत सरकारले अघि बढाउँदै लाने विषयलाई मन्त्री गुरुङले विश्वस्त पार्नुभयो ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विज्ञापन ऐन २०७६ लागू भइसकेको अवस्थामा सञ्चार क्षेत्रका नीति तथा नियमहर कार्यान्वयनमा जोड दिइनुपर्ने बताउनुभयो । मिडियालाई सिक्ने र राष्ट्र विकासको लागि माध्यमको रुपमा विकास गर्दै लगिनुपर्ने उहाँको धारणा छ ।

मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले क्लिन फिड लागू गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको र मुलुकको सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रताको लागि थप मिडियामैत्री नीतिको आवश्यक रहेको विषयमा जोड दिनुभयो । विशेषगरी, सीमा क्षेत्रका नागरिकहरुसम्म नेपाली मिडियाहरु विस्तार गर्न किल्न फिड नीति आवश्यक रहेको उहँको भनाई थियो ।