समाचार

आजको मौसम



काठमाडौँ, ३ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मौसमको अवस्था पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहन सक्ने सम्भावना रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।