Banner News

थप ३७९० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ३६ हजार नाघ्यो



काठमाडौँ, ३ कार्तिक । थप ३७ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ३६ हजार ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १५ हजार ७ सय  १४ जनामा परिक्षण गर्दा ३७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  ४० हजार ७ सय ७८ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २३ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९४ हजार ५  सय १  जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय ५७ जना पुगेको छ ।