राजनीति

मन्त्री नेम्वाङ्गलाई कोरोना संक्रमण



काठमाडौँ, ३ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ ।

उहाँलाई आज कोरोना संक्रमण भएको उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आफुनो सम्पर्कमा आउनुहुने सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमण पुष्टि भएपनि उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।