राजनीति

लुम्बिनी प्रदेशमा कोरोनाको विरामीलाई निशुल्क उपचारको व्यवस्था यथावत छः मुख्यमन्त्री पोखरेल



बुटवल, ४ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखिएका विरामीको लागि प्रदेशमा निशुल्क उपचारको व्यवस्था यथावत रहेको बताउनुभएको छ ।

संघ सरकारले कोरोनाको उपचार गरिव, विपन्न, अशक्त, एकललगायतका बाहेक अन्यले स्वंय आफुले नै उपचार खर्च व्यवहोर्नुपर्ने निर्णय गरेसँगै तिव्र रुपमा आलोचना भइरहेको छ । सोही प्रशंगमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश अन्तरगतका कोरोना विशेष चारवटै अस्पतालहरुमा लक्षण देखीएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको बताउनुभएको छ ।

उहाँले आफ्नो सामाजिक संजालमा भन्नुभएको छ, ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’

यस्तै प्रदेश नं. १ सरकारले पनि कोरोनाका विरामीको उपचार खर्च प्रदेश सरकारले नै गर्ने उल्लेख गरेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिनुभएको छ ।