समाचार

थप चारजना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, ४ कार्तिक । दाङ्, सुनसरी र रुपन्देहीमा गरी थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दाङ देउखुरी घर भएका ४३ बर्षिक पुरुषको होम आइसोलेसनमै बसेको बेला आज विहान घरमै मृत्यु भएको छ । उनको एकहप्ता अगाडि कोरोना संक्रमण पृष्टि भएको थियो ।

सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार अपराह्न मृत्यु भएको उनले जानकारी दिए । ७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।