काठमाडौँ, ४ कार्तिक । थप ३ हजार ९३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १३ हजार ८ सय ६१ जनामा परिक्षण गर्दा ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ सय जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २१ सय ८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९६ हजार ६ सय ९ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय ६५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्