समाचार

दशैंको पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै



काठमाडौँ, ५ कार्तिक  । दशैंको आज पाँचौ दिन हो । आज शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।