विश्व

भारतमा २४ घण्टामा ४६ हजारबढीमा कोरोना पुष्टि



काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या ७५ लाख ९७ हजार ६३ पुगेको छ ।

भारतमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५८७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ ।