विश्व

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो



काठमाडौँ, ५ कार्तिक । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ५१ हजार ९५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९६ हजार ८८६ संक्रमित थपिएका छन् । कोरोनाबाट विश्वमा ११ लाख १६ हजार १३१ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २८ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।