राजनीति

काठमाडौँ उपत्यकामा थप ३१०७ जनामा कोरोना पुष्टि



काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१०७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा२३९१ , भक्तपुरमा १७३  र ललितपुर ५४३ गरी ३१०७ जनामा संक्रमण पुष्टि भएको हो ।

थप ५ हजार ७ सय ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ जना पुगेको छ ।