समाचार

आजको राशिफल



आज २०७७ साल कार्तिक ७ गते शुक्रबार, आश्विन शुक्ल पक्ष सप्तमी, फूलपाती

मेष (चुचेचोलालिलुलेलोअ)

आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनर र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

वृष (इवाविवुवेवो)

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन (काकिकुकेकोहा)

टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । काममा सफलता मिल्नेछ ।

कन्या (टोपापिपुपेपो)

आज मंगल र शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

तुला (रारिरुरेरोतातितुते)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्तिपनि हुनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज धर्म, कर्ममा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगपनि छ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्रपनि कमजोर रहला ।

मीन (दिदुदेदोचाचि)

आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । शुभकार्यको चर्चा चल्नेछ ।

साभारः हाम्रो पात्रोबाट