काठमाडौँ, ७ कार्तिक । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएपछि फ्रान्सका दर्जनौ सहरमा कर्फ्यू लाग्ने भएको छ ।
त्यहाँका प्रधानमन्त्री जीन क्यास्टेकले रात्रिकालिन समयमा थप दर्जनौ सहरमा कर्फ्यू लगाउने निर्णय गरेका हुन् । बीबीसीले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार पाँच सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण थप फैलिन नदिन रात्रिकालिन कर्फ्यू लगाउने निर्णय भएको प्रधानमन्त्रीको भनाइ छ ।
शुक्रबार रातिदेखि लागू हुनेगरी राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू लाग्ने बताइएको छ । यो कर्फ्यूले ४ करोड ६० लाख मानिस प्रभावित हुने समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समय विश्व महामारी कोरोना संक्रमणले फ्रान्स, इटाली र बेलायतमा मृत्यु हुनेको संख्या बढीरहेको छ ।










प्रतिक्रिया दिनुहोस्