समाचार

गण्डकी प्रदेशमा थप चार कोरोना सङ्क्रमितको मृत्यु



पोखरा, ९ कार्तिक । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण गण्डकी प्रदेशमा एक महिला सहित थप चार जनाको ज्यान गएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले आइतबार बिहान दुई पटक जारी गरेको विज्ञप्तिअनुसार पोखराका विभिन्न तीन अस्पतालमा गरी चार जना सङ्क्रमितको ज्यान गएको हो ।