काठमाडौँ, ९ कार्तिक । थप २८ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३३ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ११ हजार ६ सय ७० जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय ४७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्