समाचार

काठमाडौँमा आजको तापक्रम यो वर्षकै कम



काठमाडौँ, १२ कार्तिक । काठमाडौँमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसयता बढेर हिजो न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाण्डौको आज बिहानको तापक्रम झण्डै ४ डिग्रीले बढेको हो ।

आज दिउँसो काठमाण्डौको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यसैबीच आज पहाडी क्षेत्रको मौसम घाम लाग्दै बादल लाग्ने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।