लुम्बिनी, १२ कार्तिक । दुर्गा भगवतीको मूर्ति विर्सजन गएका एक बालक रुपन्देहीको दानव नदीमा बेपत्ता भएका छन् ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका– ६ महदेवा निवासी अन्दाजी १६ वर्षीय मुकेश चौधरी मंगलबार दिउँसो दुई बजे नुहाउने क्रममा बेपत्ता भएका हुन् । दुर्गाको मूर्ति विसर्जनका क्रममा उनी अन्य सहभागीसँगै नुहाउनका लागि नदीमा पसेका थिए । मूर्ति विसर्जन पश्चात सामूहिक रुपमा नुहाईरहेका भुवाल कुर्मी, मनोज लोध र मुकेश चौधरी डुब्न लाग्दा कुर्मी र लोधलाई उद्धार गरिएको र चौधरीलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
दानव नदीमा डुंगा र गोताखोर मार्फत जाल प्रयोग सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्