Banner News

थप २३६४ जनामा कोरोना संक्रमण, ३ हजार ३८ जना डिस्चार्ज



काठमाडौँ, १३ कार्तिक । थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या  ३८ हजार ९ सय ५२ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २४  हजार ८ सय ६२ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९ सय ४ जना पुगेको छ ।