राजनीति

सयौं कांग्रेसका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश प्रवेश



कैलाली, १४ कार्तिक । पछिल्लो समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेको लर्को नै लागेको छ । देशभर नेकपामा प्रवेश गर्ने जनलहर सिर्जना भएपछि कांग्रेसमा भने ठूलो धक्का लागेको छ ।

नेपालीहरुको महान् चाड विजया दशमीमा पनि देशका धेरै ठाउँहरुमा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । यसै क्रममा कैलालीको अत्तरीयामा कांग्रेस नेता गणेश जिमी साउदको नेतृत्वमा करिव त्न सय नेता तथा कार्यकर्ता कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।

विजया दशमीको अनौपचारिक कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यमा कांग्रेसका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन । वर्तमान समयमा कांग्रेस राष्ट्रको निम्ती एजेण्डा विहिन भएको आक्रोस व्यक्त गर्दै नवप्रवेशीले कांग्रेस ढोडको तोक्मा जस्तो मात्र भएको आरोप लगाए ।

नवआगन्तुकलाई स्वागत गर्दै मन्त्री भट्टले नेपाली जनताको सच्चा पाटीभनेको नेकपा नै भएकाले एक ढिक्का भई मुलुकको विकास र समृद्धिको यात्रामा दृढताका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।