काठमाडौँ, १४ कार्तिक । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रजिअ दाहालले बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।
गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताउनुभयो । ।’ प्रवक्ता बुढाले भन्नुभयो, ‘बिहीबार उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा दिनुभएको हो ।’
उहाँ अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । काठमाडौँ जिल्ला प्रशासनले दसैं अघिदेखि नै अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्