विश्व

फ्रान्सको चर्चमा भएको हमलामा तीनजनाको मृत्यु



बीबीसी, १४ कार्तिक । फ्रान्सको निस रहरमा रहेको एक चर्चमा भएको आक्रमणमा तीनजनाको मृत्यु भएको छ ।

फ्रान्सको निस सहरमा रहेको चर्चमा बिहीबार एक व्यक्तिले गरेको चक्कु प्रहारबाट तीनजनाको मृत्यु भएको घटनालाई त्यहाँका राष्ट्रपति इम्यानुएल म्याक्रोले ‘इस्लामी आतंकवादी हमला’ को संज्ञा दिएका छन् ।

अधिकारीहरुका अनुसार यो आक्रमणमा एक वृद्ध महिलाको टाउको छिनालिएको थियो भने थप एक पुरुष र एक महिलाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । यस्तै प्रहरीको जवाफी कारबाहीमा भने आक्रमणकारी सख्त घाइते भएको जनाइएको छ ।  यो आतंकवादी प्रकृतिको घटनाको अनुसन्धान सुरु भइसकेको छ । घटनापछि फ्रान्सले राष्ट्रिय सुरक्षाका लागि ‘रेड अलर्ट’ घोषणा गरेको छ ।