काठमाडौँ, १४ कार्तिक । थप ३५ सय १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण गर्दा ३५ सय १७ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ४ हजार ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना रहेको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९ सय २० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्