समाचार

फरार तीन प्रतिवादी पक्राउ



कञ्चनपुर, १५ कार्तिक । वन पैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ का ।

कञ्चनपुर जिल्ला अदालतको गत वर्ष असार २३ गतेको फैसलाअनुसार तीनै जनालाई दोषी ठहर गर्दै एकरएक महिना कैद र जनही १७ हजार ४०६ रुपैयाँ जरिवाना तोकिएको थियो । वारदात गरी २०७५ कात्तिकदेखि तीनैजना फरार रहेका थिए ।

आवश्यक कारबाहीका लागि प्रहरीले तीनै जनालाई बिहीबार नै अदालतमा पेस गरेको जनाएको छ ।