Banner News

अध्यक्षद्धय ओली र प्रचण्डबीचको भेटवार्ता सकियो



काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटन प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए । भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेको जनाइएको छ । यसमा प्रधानमन्त्री सकारात्मक रहेको स्रोतको दाबी छ । यद्यपि बैठकको मिति भने तय भएको छैन ।

स्रोतका अनुसार आजको छलफलमा समसामयिक विषयवस्तु छलफल भएको छ । जसमा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको छ ।

सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक भएको नेकपाका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् । उनले भने, ‘सचिवालय बैठक फेसनका लागि होइन । आवश्यकताका लागि बस्‍ने हो । अहिले कोरोना महामारी थप बढ्दै गएको छ । सचिवालय बैठक आवश्यकता अनुसार बस्‍नका लागि प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्छ ।’